लायन्स क्लब रमाईलोद्वारा सरस्वती स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण - Pahilo Online

लायन्स क्लब रमाईलोद्वारा सरस्वती स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण

writer

 

कानेपोखरी।लायन्स क्लब अफ रमाइलोले कानेपोखरी ६ मा अवस्थित श्री सरस्वती आधारभूत बिद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। क्लबले बुधबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि उक्त सामग्री हस्तान्तरण गरेको हो।लायन्स क्लब अफ रमाइलोले १ सय थान कपि, १ सय थान कलम, २ थान फुटबल, दुई सेट ब्याटमिन्टन र १२ थान सटल कर्क प्रदान गरेको हो। क्लबले लगभग १० हजार नगदको आवश्यक शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गरेको रमाइलो लायन्सका अध्यक्ष गणेश सुबेदीले बताए।

लायन्स क्बल अफ रमाईलोका अध्यक्ष गणेश सुबेदी,पुर्वअध्यक्ष कुमार फुयाल,सचीव कृष्णकुमारी दवाडीलगायतले बिद्यालयका प्रधानाध्यापक चन्द्र मगर,व्यवस्थापन समितीका अध्यक्ष विबेक लिम्बू ,भूतपूर्व विद्यार्थी संगठनका संयोजक खगेन्द्र बराईलीलाई सो सामाग्री हस्तान्तरण गरेका हुन।

क्लबका अध्यक्ष गणेश सुबेदीले हाल अभिभावकको ध्यान संस्थागत बिद्यालयतर्फ मोडिरहेको अवस्थामा सामुदायिक बिद्यालयले शैक्षिक गुणस्तर ध्यान दिई लागिपरेकोमा खुशी व्यक्त गरे। विद्यार्थीको सम्पुर्ण पक्षको बिकासका निम्ति हरदम तयार रहेको र रहने जनाउदै आगामी दिनहरुमा पनि जिल्ला संगसगै केन्द्रिय लायन्ससंग सहकार्य गरि सहयोग गर्नेपनि बताए। कार्यक्रममा बोल्दै स्कुलका प्रधानाध्यापक चन्द्र मगरले बिगतमा भएको गल्ती स्विकार्दै आगामी दिनहरुमा विद्यार्थीको शैक्षिक गुणस्तरमा कुनै कन्जुस्याइँ नगर्ने बताउदै सम्पुर्ण लायन्स क्लबलाई धन्यवाद दिए।

व्यवस्थापन समितीका अध्यक्ष विबेक लिम्बुले सामुदायिक र निजि बिद्यालयलाई हेर्ने फरक दृष्टिकोणलाई अन्त्य गरि समानतातर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विद्यार्थी,अभिभावकलगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबकी सचीव कृष्णकुमारी दवाडीले गरेकी थिइन। २०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको गुणस्तर सुधार र भौतिक पूर्वाधार स्तरोन्नति गर्न भूतपुर्व विद्यार्थीहरू लागि परेपछि अहिले धमाधम सहयोग जुटन थालेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles