पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित आरबी ड्रिमल्याण्ड कन्ट्रक्सन कम्पनीले मंगलबार पथरी शनिश्चरे नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयलाई फुट सेनिटाइजर प्रदान गरेको छ ।
कम्पनीका प्रोप्राइटर हेमन्त बिष्टले नगर उपप्रमुख यमुना विष्ट वास्तोला र इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई खुट्टाले थिचेर हातले नछोई हातमा प्रयोग गर्न मिल्ने फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण गरे । नगरपालिकाका लागि २ वटा र इलाका प्रहरी कार्यालयका लागि एउटा फुट स्प्रिङ स्टेण्ड सहितको सेनिटाइजर हस्तान्तरण भएको हो ।