ईलाम र उदयपुरमा खोलामा डुबेर २ जनाको मृत्यु - Pahilo Online

ईलाम र उदयपुरमा खोलामा डुबेर २ जनाको मृत्यु

writer

मोरङ । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । ईलामको देउमाई नगरपालिका ५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमवार दिउँसो देखी हराईरहेका चापागाई मंगलबार बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes