सुनसरीमा न्यायाधीशको सुरक्षाकर्मी प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या - Pahilo Online

सुनसरीमा न्यायाधीशको सुरक्षाकर्मी प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

writer

सुनसरी । सुनसरी जिल्ला अदालतका न्यायाधीशको सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले आफैमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । सुनसरीका एसपी कमल थापाका अनुसार सोमबार साँझ ७ बजेतिर आफैलाई गोली प्रहार गरी घाइते भएका खतिवडालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो ।

प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको साविक दुर्गापुरी बस्ने खतिवडा जिल्ला अदालन सुनसरीका ४ नम्बर बेञ्चका न्यायाधीश शंकर राईको सुरक्षामा खटिएका थिए । एसपी थापाका अनुसार आत्महत्याको कारण खुल्न सकेको छैन । मंगलबार बिहान नै उनको पोस्टमार्टम गरेर शव परिवारलाई जिम्मा दिइएको छ । आत्महत्याको कारण पत्ता लगाउन कल डिटेललगायत प्राविधिक रुपमा अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles