आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड - Pahilo Online

आगामी आर्थिक वर्षमा इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड

writer

इलाम । कोरोना भाइरसलो सबै क्षेत्रपैभावित भएपछि आर्थिक वर्ष २०७७र०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै आएका स्थानीय तहले बजेटमा कृषि र स्वास्थ्यलाई जोड दिएका हुन् ।

पूर्वाधार र पर्यटन उद्योगलाई प्राथमिकता दिएको इलामका स्थानीय तहहरुले आगामी आर्थिक बर्षको बजेटमा प्राथमिकताहरु परिवर्तन गरेका छन् । सदरमुकामा पर्ने इलाम नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ को बजेटमा कृषि र स्वास्थ्य क्षेत्र प्राथमिता दिएको छ । कोरोना भाइरसले अर्थतन्त्र कमजोर भएपछि श्रममा आधारित रोजगारी सिर्जना गर्न कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको नगर प्रमुख महेश बस्नेतको भनाई छ ।

उता चुलाचुली गाउँपालिकाको प्राथमिकतामा पनि कृषि क्षेत्र नै छ । चुलाचुली गाउँपालिमा बसोबास गर्नेको मुख्य पेशा कृषि रहेकाले कृषिमा आधुनिकीकरण गर्ने योजनामा गाउँपालिका रहेको प्रमुख प्रसाशकिय अधिकृत काजिमान राइको भनाई छ । यस्तै पर्यटकियनगरी सुर्योदय नगरपालिकाले आर्थिक वर्ष ०७७र७८ को लागि १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ भने यसले पनि कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

माईजोगमाई गाउँपालिकाले ४५ करोड बढीको बजेट विनियोजन गरेको छ भने गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ । उता माई नगरपालिका,देउमाइ नगरपालिका,माङसेबुङ्ग गाँउपालिका, फाकफोकथुम गाँउपालिका,रोङ्ग गाउँपालिका र सन्दकपुर गाँउपालिकाले पनि कृषि क्षेत्रलाई नै जोड दिएका छन् । अघिल्ला आर्थिक वर्षमा सडक र पूर्वाधारका योजनालाई प्राथमिकता दिएका स्थानीय तहले आगामि आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र श्रममा आधारीत रोजगारलाई प्राथमितामा राखेका हुन् । वैदेशीक रोजगारबाट फर्केनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई रोजगारी डो¥याउन सक्ने योजनाप्रति स्थानीय तहको प्राथमिकता रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको भनाई छ ।

चारनगरपालिका र ६ गाउँपालिका गरी दश पालिका रहेको इलाममा सबै पालिकाहरुले आर्थिक वर्ष २०७७र०७८ को बजेट निर्माण कार्यलाई पुर्णता दिएका छन् । स्थानीय तहले खाद्यान्न बाली र नगदेवाली उत्पादनमा वृद्धि गर्न किसान लक्षित योजना बजेटमा समेटेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes