कोरोना संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो - Pahilo Online

कोरोना संक्रमितको संख्या १३००० नाघ्यो, मृतको संख्या २९ पुग्यो

writer

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रौतहट जिल्ला स्थायी घर भएका ३० वर्षिय पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । विगत तीन महिना देखि फोक्सोमा समस्या देखिएपछि उनि अस्पतालमा उपचाररत रहेका थिए ।उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार नेपालमा थप चार सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा एक सय १२ महिला र तीन सय ६४ पुरुष रहेका छन् । यो संगै नेपालमा जम्मा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ महिलासहित १०८ पुरुष गरि जम्मा २ सय २१ जना अस्पतालबाट डिस्चार्ज भएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। यो संगै अस्पतालबाट डिस्चार्ज हुनेको जम्मा संख्या तीन हजार १ सय ३४ पुगेको छ । २४ घण्टामा सात हजार ७ सय ९१ वटा पिसिआर र एक हजार ८ सय २२ आरडिटी परिक्षण गरिएको छ । ५७ हजार तीन सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने दश हजार ८५ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes