मोरङमा १ सय १८ हेक्टर जग्गामा वृक्षारोपण, डिभिजन वन कार्यालय मोरङद्वारा ९ लाख विरुवा उत्पादन - Pahilo Online

मोरङमा १ सय १८ हेक्टर जग्गामा वृक्षारोपण, डिभिजन वन कार्यालय मोरङद्वारा ९ लाख विरुवा उत्पादन

writer

मोरङ । डिभिजन वन कार्यालय मोरङले चालु आर्थिक वर्षमा साढे ९ लाख विरुवा उत्पादन गरेको छ ।सो कार्यालयले १९ वटा वन नर्सरीमार्फत विरुवा उत्पादन गरेको हो । ४८ हेक्टर जग्गामा वृक्षारोपण गर्ने लक्ष्यअनुुसार कार्यालयले जडिवुटीसहित ४९ प्रकारका विरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।

कार्यालयले हालसम्म १ लाख ५५ हजार वन विरुवा तथा २५ हजार ३ सय फलफूलका विरुवा वितरण गरिसकेको छ । कार्यालयले उत्पादन गरेको सो विरुवाबाट साढे २८ हेक्टर जग्गामा वृक्षारोपण भइसकेको छ । यो वर्ष निजी सामुदायिक तथा सार्वजनिक गरी ४७ हेक्टर जग्गामा वृक्षारोपण गर्ने लक्ष्य कार्यालयको छ ।चालू आर्थिक वर्ष वृक्षारोपण वर्ष भएकाले एक वर्षदेखि नै वृक्षारोपण कार्यलाई निरन्तरता दिइरहेको कार्यालय प्रमुुख घिमिरेले बताए । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालयले वन नभएका जिल्लाका दक्षिण भेगका जनतालाई लक्षित गरेर तराई मधेश हरियाली विकास कार्यक्रमसमेत संचालन गरेको छ ।

कार्यक्रम संचालन भएसँगै हालसम्म विराटनगर महानगरपालिकासहित १६ वटा स्थानीय तहमा १ सय १८ हेक्टर जग्गामा वृृक्षारोपण भएका छन् । सिमावर्ती क्षेत्रका स्थानीय तहमा वनको सहज पहु’च पु¥याउन कार्यक्रम संचालनमा ल्याएको हो ।विगत पाँच वर्षमा कार्यालयले १ सय १३ स्थानका सार्वजनिक जग्गामा मात्रै १ सय ७३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भएको छ । त्यस्तै गत आवमा वृक्षारोपण भएका १६ स्थानका १४ दशमलव १८ हेक्टर र सात स्थानका विद्यालयमा तथा संस्थाहरुबाट ८ स्थानमा २ हेक्टर वृक्षारोपण भएका छन् । यो वर्ष खोला किनारमा १८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ ।

खोला किनारमा भू–क्षय तथा कटान रोक्न खोला किनारमा बाँस तथा डालेघाँससमेत लगाउन सुुरु गरिएको छ । मोरङको बक्राहा, डाँस, रतुुवा, लोहन्द्रा तथा खदम खोलामा विरुवा रोप्न थालिएको हो । गत वर्ष सो कार्यालयले करिव ९ लाख विरुवा उत्पादन गरी वृक्षारोपण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes