नगरमा सम्पन्न हुन लागेका ३ योजनाको अनुगमन् - Pahilo Online

नगरमा सम्पन्न हुन लागेका ३ योजनाको अनुगमन्

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु सम्पन्न हुने क्रममा अनुगमन् समितिले योजनाहरुको अनुगमनको क्रमलाई पनि अघि बढाएको छ ।यस क्रममा आइतबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा ३ वटा योजनाको अनुगमन् भएको छ ।

नगरको ९ लाख रुपैयाँ सहितको लगानीमा निर्माणाधिन वडा नम्बर १ स्थित इलाका प्रहरी कार्यालयको प्रशासनीक भवन र ८ लाखको लागतमा सोही वडाका प्रकाश थापाको घर अगाडिको बाटोमा दुवैतर्फ ड्रेन निर्माण कार्यको पनि अनुगमन् भएको हो। यसैगरी, वडा नम्वर ४ स्थित कुशलचोकमा कुशल बजारका लागि निर्मित ट्रष्ट सहितको टहरा निर्माण कार्यको पनि अनुगमन् भएको छ । त्यहाँ नगरको ६ लाख ६९ हजार, उपभोक्ताबाट ५९ हजार १ सय ३८ सहितको लागतमा टहरा निर्माण भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles