नेपालमा सलहको प्रकोप एक महिनासम्म रहन सक्ने, विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ - Pahilo Online

नेपालमा सलहको प्रकोप एक महिनासम्म रहन सक्ने, विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ

writer

मोरङ । शनिबार बाराबाट नेपाल प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताए।

उनले भने, ’वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए ।

आठ दश करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुईरचार लाखको समूहमा मात्रै आएकोले नियन्त्रण गर्न सकिने उनले बताए । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए ।

सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सलह किरालाई बिहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान आठ नौ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले बिहान पाँच छ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles