लकडाउनमा सवारी दुर्घटनामा प्रदेश १ मा ४१ जनाको मृत्यु - Pahilo Online

लकडाउनमा सवारी दुर्घटनामा प्रदेश १ मा ४१ जनाको मृत्यु

writer

झापा । लकडाउनको अवधिमा पनि प्रदेश १ मा सडक तथा सवारी दुर्घटना दर उच्च पाइएको छ। लकडाडउनको बेला अत्यावश्यक सवारी साधन चले पनि दुर्घटनामा परेर प्रदेश १ मा ४१ जनाको मत्यु भएको छ। गत चैत ११ देखि जेठ ३२ सम्म अर्थात् ८३ औ दिनमा प्रदेश १ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा परेर पाँच बालबालिका, नौ महिला र २७ पुरुषको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जना, झापा र सुनसरीमा ८÷८, ताप्लेजुङमा तीन, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको छ। उक्त समयमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी अधिकारीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles