धरानको छाताचौकमा २० वर्षीया युवतीले आत्माहत्या गरे - Pahilo Online

धरानको छाताचौकमा २० वर्षीया युवतीले आत्माहत्या गरे

writer

धरान । धरान–२ छाताचौकस्थित जिल्ला हुलाक नजिकैको घरमा एक जना युवतीले आत्माहत्या गरेकी छिन् । सिलिङ फेनमा झुण्डिएको अवस्थामा एक युवती फेला परेकी छिन् । विगत लामो समयदेखि धरानमै डेरा गरी बस्दै आएकी २० वर्षीया रुपल चौधरी झुण्डिएको अवस्थामा भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चौधरीले पासो लगाएर झुण्डिएको अवस्थामा अभिभावकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चौधरी धरान–१२ को पब्लिक हाइस्कुलमा अध्ययनरत थिइन् ।

बुबाआमालाई खाना दिइसकेपछि कोठामा टिभी हेर्नका लागि छिरेकी थिइन् । लकडाउन यता कोठामै बसेर अधिकांस समय टिभी हेर्ने गरेको बुबाआमाको भनाइ उदृत गर्दै डिएसपी बस्नेतले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाका विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles