छिमेकीलाई छुरा प्रहार गर्ने ३ जना दाजुभाई पक्राउ - Pahilo Online

छिमेकीलाई छुरा प्रहार गर्ने ३ जना दाजुभाई पक्राउ

writer

मोरङ । विराटनगरमा तीन दाजुभाई मिलेर एक जनालाई छुरा प्रहार गरेका छन् । महानगरको ५ नम्बर वडा स्थित कोचाखालका सन्तोस कामतलाई सोहि ठाउँका एकै परिवारका तीन दाजुभाई मिलेर छुरा प्रहार गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताएका छन् ।

कामतमाथि छुरा प्रहार गर्नेमा छिमेकी १९ वर्षीय सुरज, २८ वर्षीय गोविन र ३८ वर्षीय लालबाबु राय रहेको डीएसपी गौतमले बताए । छुरा प्रहरार पछि भागेका उनिहरूलाई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको छ । छुरा प्रहार पछि घाइते भएका कामतको विराट नर्सिङ होममा उपचार भइरहको डीएसपी गौतमले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes