संखुवासभामा पहिरोले स्वास्थ्य चौकी भवन पु¥यो - Pahilo Online

संखुवासभामा पहिरोले स्वास्थ्य चौकी भवन पु¥यो

writer

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बालामा स्वास्थ्य चौकीको भवन पहिरोले पुरिएको छ। बिहीबार दिउँसो करिब ५० मिटर माथिबाट पहिरो खसेको २ नम्बरका अध्यक्ष मोहन सम्शेर कुलुङले जानकारी दिए। पहिरोले स्वास्थ्य चौकीको भवनको भौतिक संरचना क्षति पुगेको वडाध्यक्ष कुलुङले बताए। भवनभित्र रहेका औषधिलगायत सम्पूर्ण सामानमा क्षति पुगेको कुलुङले बताए। त्यस क्षेत्रमा अहिले पनि लगातार पानी परिरहेको र पुरिएका सामग्री निकाल्न सम्भव नभएको पनि उनले बताए । घटनाको जानकारी प्रशरी चौकी सिसुवाटारलाई गरिएको भए पनि अहिलेसम्म प्रहरी पुग्ननसकेको वडाध्यक्ष कुलुङले बताए । घटनास्थल प्रहरी चौकी सिसुवाटारबाट तीन घण्टाको पैदल दूरीमा पर्दछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles