पथरीशनिश्चरे नगरको बजेट ६६ करोड १२ लाख, दमकल खरिद पनि प्राथमिकतामा - Pahilo Online

पथरीशनिश्चरे नगरको बजेट ६६ करोड १२ लाख, दमकल खरिद पनि प्राथमिकतामा

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सम्पन्न सातौं नगरसभा बाट आर्थिक बर्ष २०७७/०७८ को लागी ६६ करोड १२ लाख २२ हजार ५ सय २ रुपैयाँ बराबरको अनुमानीत बजेट विनियोजन गरी पारित गरेको छ।

विहिबार नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरसभाले पारित गरेको बजेट बारेमा जानकारी दिएको हो । सभाले यहि आर्थिक वर्षमा बारुण यन्त्र (दमकल) पनि खरिद गर्न बजेट विनियोजन गरेको छ । दैनिक प्रयोगमा नआउने भएता पनि अतिआवश्यक रहेको दमकल खरिदका लागि सभाले ७० लाख रुपैया विनियोजन गरेको छ । नगरसभाले आगामी वर्षका लागि आन्तरिक आम्दानी, राजश्व बाँडफाँड, संघीय सरकार, प्रदेश सरकार, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रम र वडा कार्यालय निर्माणका लागि जिल्ला समन्वय समितिबाट प्राप्त हुने गरेर जम्मा ६६ करोड, १२ लाख, २२ हजार ५ सय २ रुपैयाको बजेट पास गरेको हो ।

सभाले प्रशासनिक खर्च ११ करोड ६६ लाख २८ हजार ५ सय, वडागत सिलिङ ७५ लाख, स्वास्थ्यमा १ करोड १५ लाख, शिक्षामा ६५ लाख, कृषि पशुपंक्षि तथा सहकारीमा ६३ लाख, व्यापारिक भवन १ नं. वडामा १ करोड, जनता आवास कार्यक्रम ३० लाख, विपद व्यवस्थापन ६० लाख, मर्मत संहार कोष ३० लाख, सिंचाई ५० लाख, खानेपानी १५ लाख, खेलकुद १५ लाख, दोहोलु शुक्रबारे सडक कालोपत्रे १ करोड २५ लाख, रजत जयन्ती मार्ग कालोपत्रे १ करोड २५ लाख, समपुरक कोषबाट बुद्धमार्ग कालोपत्रे १ करोड ६० लाख र चालु खर्चमा ११ करोड ६६ लाख २८ हजार ५ सय लगाएतका बजेट कार्यक्रम पास गरेको छ । बजेटमा बालबालिका, जेष्ठ नागरिक, महिला, अपांग, दलित, आदिवासी जनजाती, नगरको पहिलो जाती धिमाल जाती, बालिकासंग उपमेयर, मिडिया प्रवद्र्धन, भाषा कला साहित्य, मठमन्दिर, युवा लक्षित सिप मूलक तालिम लगाएतका कार्यक्रमहरुलाई पनि समावेश गरिएको छ ।

यस आर्थिक बर्षमा कोरोना भाइरसको महामारीमा नगर भित्र भाइरस नियन्त्रण गर्न खटिने स्वास्थकर्मीहरुको लागि १ लाख रुपैया प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको छ । नगरलाई रमणिय तथा पर्यटकीय स्थल बनाउन नगरको ऐलानी तथा खाली जग्गाको पहिचान गरी खाली भूभागमा चिल्डे«न पार्क र पर्यटकीय स्थल निर्माण गर्ने भएको छ । नगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउँर्दै लगिते, नगरस्तरीय रंगशाला र वडास्तरीय खेलमैदानलाई प्राथमिकताका साथ अघि बढ्ने उल्लेख रहेको छ । ५ प्रकारको दीर्घरोगीहरुलाई दिर्दै आएको १५ हजारलाई निरन्तरता दिर्दै थप ३ प्रकारका रोगीहरुलाई यस कार्यक्रममा समावेश गरी जीवन भर १ पटक सुविधा प्रदान गर्ने नीति ल्याएको छ ।

नगरपालिकाको प्रस्तावमा प्रदेश सरकारको तर्फबाट वडा नं. १० मा बनाईने संग्राहलय निर्माणका लागि पहल गर्ने, निर्माणधिन ५ वटा वडाकार्यालय र थप ३ वटा वडाकार्यालय गरी जम्मा ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने भएको छ । पहिलो नगरसभाले वडा नं. १ स्थित नगरको जग्गामा सपिङ कम्पलक्ेसको डिपिआर समेत भएकोले सपिङ कम्पलेक्स निर्माणमा जोड दिने, प्रत्येक वडामा खुल्ला व्यायामशाला निर्माण र वडा नं. १ र १० मा रंगशाला निर्माणको लागि संम्भाव्यता अध्ययन गरी कार्यन्वयन गर्ने भएको छ ।

नगरले आउने आर्थिक वर्ष देखि कृषि क्षेत्रको सिफारिलाई निःशूल्क बनाउने निर्णय गरेको नगर प्रमुख दिलिप कुमार राईले बताए । यसका साथै विपन्न विद्यार्थी सिफारिस, अपांगता, विपन्न प्रमाणित, निःशूल्क स्वास्थ्य उपचार, कोर्टफि मिनाहा, मृत्यु प्रमाणित, बैदेशिक रोजगारीका शिलशिलामा मृत्यु भएको व्याक्तिको सिफारिस, घरटहरामा आगलागी, विपद सम्बन्धी सहुलिएत काठको सिफारिस लगाएतलाई अघिल्लो वर्ष देखि नै निःशूल्क गर्दै आएको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles