चट्याङले लागेर २ जनाको मृत्यु - Pahilo Online

चट्याङले लागेर २ जनाको मृत्यु

writer

मोरङ, उदयपुर । मोरङ सुनवर्सी ५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासंगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका १३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनी घाईते भएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचार गराउने क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles