ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु - Pahilo Online

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु

writer

ओखलढुंगा । ओखलढुंगा लिखु ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु ४ यसम बस्ने २२ बर्षीय सुदर्शन खत्री रहेका छन । आज बिहान प्रदेश नम्बर ३–०१–००२ झ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटार तर्फ जादै गर्दा एक्कासी अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles