कोरोना संक्रमित संख्या ११ हजार नाघ्यो, मृतको सँख्या पनि २ जना थपिए - Pahilo Online

कोरोना संक्रमित संख्या ११ हजार नाघ्यो, मृतको सँख्या पनि २ जना थपिए

प्रदेश १ का ७० जना संक्रमित निको भएर घर फर्के

writer

काठमाडौं । बिहिबार थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार थप ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन् । यो संगै कोरोना संक्रमणका कारण २६ जनाको मुत्यु भएको छ । नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।

प्रदेश १ का ७० जना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टर गोठगाउँबाट ७० जना संक्रमित डिस्चार्ज भएका हुन् । मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १र१ जना डिस्चार्ज भएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म ३ सय ५५ जना संक्रमित निको भएर घर फर्केका हुन् । यस प्रदेश संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles