धरानबाट हतियार सहित १ जना युवा पक्राउ - Pahilo Online

धरानबाट हतियार सहित १ जना युवा पक्राउ

writer

सुनसरी । सुनसरीको धरान १५ बाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका ६ मा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (रिट) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान १५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा बुधबार राती पक्राउ गरिएको थियो ।

राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान १५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो । बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो ।

साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका रोशन राई उपर सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि ६ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles