आर्थि वर्ष ७७/७८ का लागि विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड - Pahilo Online

आर्थि वर्ष ७७/७८ का लागि विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

कोरोना महामारी प्रभावका कारण १८ दशमलव ३१ प्रतिशत कमी

writer

मोरङ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगर सभामा बुधबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० रुपैयाँ प्राप्त हुने बताइन् । यस्तै, संघीय तथा प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकारबाट ससर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ करोड १० लाख ९ हजार १ सय ८० प्राप्त हुने उनले सार्वजनिक गरिन् । यस्तै, संघीय सरकारबाट विशेष अनुदान १३ करोड, प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड, वैदेशिक र अन्य संघ संस्थाबाट अनुदान ३ करोड २६ लाख ७८ हजार १ सय ८० रुपैयाँ, जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार अनुमानित आय कार्कीले सभामा प्रस्तुत गरिन् ।

व्ययतर्फ प्रशासनिक खर्च ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड वातावरण तथा फोहोर व्यवस्थापन तर्फ ल्यान्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार विनियोजन गरिएको छ । नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला, बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख कार्कीले बताइन् ।

महानगरले कोरोना भाइरसको महामारी र लकडाउनको प्रभावका कारण चालु आर्थिक वर्ष भन्दा १८ दशमलव ३१ प्रतिशत कम बजेट ल्याएको छ । चालु आर्थिक वर्षको लागि गत वर्ष ४ अर्ब १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको थियो । कोरोना भाइरसले आम्दानी खुम्चिँदा महानगरले अनुमान गरेभन्दा चालु आर्थिक वर्षमा ४८ दशमलव २७ प्रतिशत कम २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आमदानी भएको उपप्रमुख कार्कीले बताइन् । उनले उक्त आयमध्ये चालू आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४ सय ४९ रुपैयाँ मात्रै खर्च हुन सकेको र अन्य मौज्दात रहेको सभामा जानकारी दिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles