क्षय रोग र कुष्ठरोगका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण तालिम - Pahilo Online

क्षय रोग र कुष्ठरोगका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण तालिम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा क्षय रोग र कुष्ठरोग निवारण गर्न त्यसका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । नगर खोप समन्वय समितिद्धारा नगर अस्पतालमा आयोजित कार्यक्रममा समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षता रहेको थियो । ०७२ सालदेखि पूर्ण खोप सुनिश्चित नगर घोषणा भएकोमा यो वर्षपनि त्यसको निरन्तरताका क्रममा समिति संयोजक राई सहितका सदस्यहरुले पूर्णखोप सुनिश्चिताको घोषणा स्वरुप हस्ताक्षर गरे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी र विराट नेपाल मेडिकल ट्रष्टकी कार्यक्रम संयोजक पुनम विष्टले क्षय रोग र कुष्ठ रोगको खोजपड्तालमा सवैको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै नगर क्षेत्रका स्वास्थ्यकर्मीका लागि सहजिकरण गरे । हालसम्म सवैभन्दा बढी मानिसको मृत्युहुने रोग मध्ये क्षयरोग छैटौंमा रहेको उल्लेख गर्दै नेपालमा प्रतिदिन १ सय २३ जना क्षयरोगी भेटिने र १८ जनाको ज्यान जाने गरेको पनि जानकारी गराए । कार्यक्रममा ६ जना खोप कार्यकर्तालाई झोला, पीपीइ, रेनकोट सहितका सामग्री प्रदान गर्नुका साथै क्षयकुष्ठ रोग निवारणका लागि योजना समेत तर्जुमा गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles