सुनसरी, ओखलढुङगा । सुनसरी ईनरुवा ७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे ईटहरी ८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी ओखलढुंगा मानेभञ्ज्याङ ६ देउराली डाँडा स्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन । मंगलबार बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टर चालक संजय बरमन गम्भीर घाईते भएकोमा उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।



