दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग - Pahilo Online

दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन स्थानमा आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग भएको छ। मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकामा जग्गा धनिपुर्जा एउटासँग र भोग अर्कैले गर्दै आएको समास्या छ । विभिन्न दलका नेताहरुले निर्वाचनमा समस्या समाधान गर्छौ भनेर आश्वासन दिने र सरकारमा पुगेपछि बिर्सिने गरेका छन्। पछिल्लो सरकारको पनि आधाभन्दा बढी कार्यकाल सकिए पनि धनिपुर्जा पाउने नपाउनेमा जनता दुविधामा छन् ।

कानेपोखरी मिडियाले शनिबार साबिक हसन्दहको अमरसिंह मावि, आइतबार शनिश्चरेको सरस्वती आधारभुत स्कुल र सोमबार पथरीको हरियाली वनको हलमा कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम चलाएको थियो। पथरीशनिश्चरे–४ सरस्वती आधारभुत बिध्यालयमा भएको कार्यक्रममा स्थानीय देवेन्द्र वनेमले जोतभोगको आधारमा जग्गाको धनिपुर्जा पाउनुपर्ने बताए। किर्ते गरी निकालिएको धनिपुर्जा अवैध घोषणा गरी उपभोग गर्दै आएका पीडितलाई दिनुपर्ने सहभागीहरुले माग गरेका छन् । कानून व्यवसायीसमेत रहेका कार्यक्रमको स्रोत व्यक्ति विनोद पाहिमले धनिपुर्जा वालाहरुलाई अदालत जान नसक्नने गरी राजनीतिक निर्णय भएमा जोतभोगको आधारमा पुर्जा पाउन सक्ने सम्भावना रहेको विचार प्रस्तुत गरे। यही अवस्थामा सरकारले भोगको आधारमा पुर्जा वितरण गरे धनिपुर्जावाला अदालत जाने र प्रकृया लम्बिन सक्ने पाहिम लिम्बूले बताए।

धनिपुर्जा अर्काको हातमा भएपनि कमाइ खान, बिक्री वितरण नरोकिएको र घरमा विद्युत, खानेपानी जडान भएकोले आफ्नो नाममा पुर्जा ल्याउने प्रसस्त आधार रहेको पाहिमको भनाइ छ । कानुनी परामर्श कार्यक्रममा थानेश्वर भट्टराई, भोला रिजाल लगायतले भोगको आधारमा पुर्जा वितरणको लागि नगरपालिकाले पहल गर्नुपर्ने माग राखेका थिए ।

पथरीमा भएको कार्यक्रममा १ नम्बर वडा सदस्य धनप्रसाद साम्बा, स्थानीय समाजसेवी युवारज बास्कोटा, रोशन हाङबाङ, प्रेम ढाकाल, अणु राई, भीम राई, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर लगायतको सहभागिता रहेको थियो। पथरीशनिश्चरे–४ मा भएको कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर, ४ नम्बर वडा सदस्यहरु अमर बराइली, तुलशा दर्जी, जनकल्याण आधारभूत विद्यालयको सञ्चालक समितिको अध्यक्ष धुर्व बराइली, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपाने लगातको सहभागिता भएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles