नगरको वैठकबाट एक एकवटा ऐन र कार्यविधि पारित - Pahilo Online

नगरको वैठकबाट एक एकवटा ऐन र कार्यविधि पारित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको सोमबारको बैठकले एउटा ऐन र एउटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले ‘कर्मचारी व्यवस्थापन (सेवा, शर्त सम्वन्धी) ऐन’ पारित गरेको छ ।

यसका साथै, ‘कोभिड १९ संक्रमण रोकथाममा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रदान गरिने जोखिम प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि’ पनि पारित भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए। बैठकले, असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७/७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिको तयारीका बारेमा छलफल गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles