सिंह वाहिनीमा कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यममा संचालन - Pahilo Online

सिंह वाहिनीमा कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यममा संचालन

writer

 

पथरी । अन्तरास्ट्रिय स्तरमा व्यापक प्रयोग हुने अङ्ग्रेजीको बढ्दो मोहको परिवेशमा सामुदायिक विद्यालयहरुले समेत अङ्ग्रेजी माध्यमको पढाईलाई जोड दिन थालेका छन्। मोरङ्गको पथरी शनिश्चरे ९ रिगुवामा स्थापित सिंह वाहिनी माध्यमिक विद्यालयले कक्षा १ बाटै शुरु गरेको अङ्ग्रेजी माध्यम शैक्षिक सत्र २०७७ बाट कक्षा १० सम्म पुगेको छ। अब उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भएको हो।

विसं. २०६६ सालमा कक्षा १ बाट शुरु भएको अङ्ग्रेजी माध्यमको पठनपाठन यस बर्षबाट १० कक्षामा पुगेको हो। गत शैक्षिक सत्रमा ९ कक्षा सम्म अङ्ग्रेजी माध्यमबाट पढाइएको विद्यालयका प्रधानाध्यापक जगतमणी गौतमले जानकारी दिए। विद्यार्थीहरुमा अङ्ग्रेजी र नेपाली दुवै भाषाको समान ज्ञानको आवश्यकता आफुले र अभिभावकहरुले समेत महसुस गरेको कारण दुईवटै माध्यमका पाठ्यपुस्तकको व्यवस्था सहित अध्यापन भैरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक भण्डारिले बताए ।

विद्यालयमा अङ्ग्रेजी माध्यमका साथै समय सापेक्ष शिक्षाका लागि प्रोजेक्टरको व्यवस्था गरिएको र मल्टिमिडियाको प्रयोग बाट समेत कक्षा संचालन हुने गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । विद्यालयमा कम्प्युटर कक्षाको पनि समुचित व्यवस्था रहेको छ। कम्प्युटर ल्यावमा मनग्ये ल्यापटप र डेस्कटपहरु रहेको र त्यसको प्रभावकारी प्रयोगबाट कम्प्युटर समेत सिकाइ भइरहेको प्रधानाध्यापक गौतमले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles