ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु - Pahilo Online

ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु

writer

मोरङ । मोरङ बुढीगंगा ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर ६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागी बेहोस भएका उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  मृतक सन्तोष सोही स्टोरमा ओल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles