संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता - Pahilo Online

संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता

writer

संखुवासभा । संखुवासभको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रमुख डिएसपी नवराज मल्लले बताए। पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएको डिएसपी मल्लले बताए।

लगातारको बर्षाले ५ सय मिटरमाथि बाट पहिरो खसेको छ। माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ। पहिरोले जोखिम परेका हिरा लाल राईको घर र बिर्खबहादुर राईको गोठ प्रहरीले खाली गरेको डिएसपी मल्लले बताए । घटना स्थलमा अहिले अरुण तेस्रोको ड्याम साइड बाट नेपाली र नुम प्रहरी चौकी बाट टाली घटना स्थल पुगिसकेको उनले बताए। घटनाको थप विवरण आइनसकेको उनले बताए।

अरुण नदी थुनिएपछि तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। स्थानीय प्रशासनले सार्वजनिक सूचना निकालेर यस्तो आग्रह गरेका हुन्। आइतवार बिहान संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर थुनिएपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका हुन्।  जिल्ला प्रशासन कार्यालय धनकुटाले आइतवार एक सूचना जारी गर्दै पाख्रीबास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बासिन्दालाई अरुण नदीको तटीय क्षेत्रमा नजान आग्रह गरेको हो।

’पहिरो गई अरुण नदीको केही भाग थुनिन गएको जानकारी आएकाले अरुणको तटीय क्षेत्रमा बस्ने बासिन्दाहरु नदी किनारमा नजानु, अहिलेलाई पौडी खेल्ने र माछा मार्ने जस्ता सबै काम नगर्नू’, प्रशासनले भनेको छ, ’अरुणमा पानी बढेर आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउनू।’ अरुण थुनाएकोभन्दा तलको भागमा संखुवासभाको खाँदबारी नगरपालिकासहितका स्थान पर्छन्। अर्कातिर भोजपुरका षडानन्द नगरपालिका, साल्पासिलिचोङ गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, हतुवागढी गाउँपालिका पनि पर्छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles