कोरोनाको संक्रमितको संख्या ९ हजार नाघ्यो, यसैगरी संक्रमित बढ्दै गए भदौसम्म ४० हजार पुग्नसक्ने - Pahilo Online

कोरोनाको संक्रमितको संख्या ९ हजार नाघ्यो, यसैगरी संक्रमित बढ्दै गए भदौसम्म ४० हजार पुग्नसक्ने

writer

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको जानाकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । जसमा १ सय ४९ महिला रहेका छन् । कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । २३ औं मृतक गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष हुन् । उनको गत असार ५ गते मृत्यु भएको थियो । त्यसपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको थियो । हालसम्म कोरोना ७५ जिल्लामा फैलिएको छ । ९४ हजार ९ सय जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् । पाँच सय पाँच जना रेडजोनमा परेका छन् ।

यसैगरी संक्रमित बढ्दै गए कोरोना संक्रमितको संख्या ४० हजार पुग्नसक्ने अनुमान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संक्रमणको दर हेर्दा भदौसम्ममा नेपालमा संक्रमितको संख्या बढ्ने अनुमान गरेको हो। संक्रमित बढेसँगै त्यसअनुसार तयारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएपछि मन्त्रालयले तयारी अगाडि बढाएको छ। हालसम्म भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्र अस्पताल भर्ना गरेर राख्नुपर्ने र भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशत आइसियुमा राख्नुपर्ने अवस्था आउने मन्त्रालयको आँकलन छ।

आइसियुमा भर्ना भएकामध्ये २ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने हुँदा त्यहीअनुसार २ हजार बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार दिने क्षमता रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय देशभर करिब ४०० भन्दा बढीको संख्यामा संक्रमितहरू थपिने गरेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles