राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध - Pahilo Online

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

writer

काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो । शुक्रबार रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँड्डुलमा प्रतिबन्ध लगाएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिकरुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको गृह मन्त्रालयले जनाएको छ । रातिक समयमा हुने हिँड्डुलको अनुगमन भने प्रहरीले गर्ने जनाइएको छ । त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणलगायतका काममा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सबैलाई सचेत बन्न पनि आग्रह गरेको छ । मन्त्रालयले अनावश्यकरुपमा हिँड्डुल नगर्नसमेत सचेत बनाएको छ ।

हिँड्डुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम् दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवत–जावत गर्दा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न पनि गृहले भनेको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रोत्साहित नगर्न पनि गृहले भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles