
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाका स्टाफ नर्स तथा अनमीहरुका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम शुक्रबार बाट सुरु भएको छ । नगरपालिका कार्यालयको स्वास्थ्य शाखाबाट आयोजित ३ दिने तालिममा मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी विषयमा तालिम प्रदान गरिएको नगरका सहस्वास्थ्य संयोजक जगत मगरले जनाए । कोशी अस्पताल विराटनगरकी स्वास्थ्यकर्मी ममता श्रेष्ठले तालिमको सहजिकरण गरीरहेकी छिन् ।
