पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि नीति, कार्यक्रम तथा शुक्रबार तय गर्न योजना तर्जुमा समितिले छलफल अघि बढाएको छ । यसक्रममा आज नगर उपप्रमुख एवम् योजना तर्जुमा समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको समितिको बैठकले ६ वटा विषयगत समितिबाट आएका नीति, कार्यक्रम तथा बजेटका बारेमा छलफल अघि बढाएको हो।
समितिको शनिबार समेत बैठक बसी प्रस्तावित नीति, कार्यक्रम तथा बजेटका बारेमा निर्णय गरी कार्यपालिका बैठकमा पठाइने समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिइन् ।