नयाँ राजनीतिक नक्सा सम्बन्धि संविधान संशोधन विधेयक राष्ट्रपतिबाट मान्यता पायो - Pahilo Online

नयाँ राजनीतिक नक्सा सम्बन्धि संविधान संशोधन विधेयक राष्ट्रपतिबाट मान्यता पायो

writer

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सर्बसम्मत रुपमा पारित भएको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संवैधानिक मान्यता पाएको छ ।

निशान छापमा नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन । प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes