भारतीय एसएसबीले रोकेको पार्क निर्माण वडाअध्यक्षको अगुवाइमा अघि बढ्यो - Pahilo Online

भारतीय एसएसबीले रोकेको पार्क निर्माण वडाअध्यक्षको अगुवाइमा अघि बढ्यो

writer

इलाम । इलामको माइजोगमाई गाउँपालिका २ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम वडाअध्यक्षको अगुवाईमा स्थानीयले अघि बढाएका छन् । वैशाख पहिलो साताबाट रोकिएको काम गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले फेरि थालेको हो।

काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र स्थानीयले प्रष्ट रुपमा सीमास्तम्भले नेपाल–भारत छुट्याइएकाले काम नरोक्ने अडान लिएका हुन्। ‘काम रोक्नका लागि एसएसबीले दबाब दिएका थियो, तर हामीले मानेनौँ, आफ्नो भूमिमा भएको काम किन रोक्ने भन्दै अघि बढाएका हौं,’ गाउँपालिका अध्यक्ष राईले भने। यो पार्क निर्माण गर्न प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कोरोना महामारीको जोखिमबीच पनि सुरक्षाका उपाय अपनाउँदै उपभोक्ता समितिमार्फत काम अघि बढाइएको छ।

यो पार्क सन्दकपुर मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्छ। तुम्लिङ्गमा ’नो म्यान्सल्याण्ड’ भन्दा ३ सय मिटर नेपालतर्फ नै पार्क निर्माण भइरहेको छ। काम सुरू भएको २ दिन नबित्दै एसएसबीले पार्क निर्माणका लागि अनुमति नलिएको भन्दै रोकेको थियो। एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफूलाई पहिलै जानकारी गराउनुपर्ने अडान राखेको थियो। भारतीय पक्षले काममा अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी गण इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई अवरोध फुकाउन पटक(पटक जानकारी गराइएपनि चासो नदिएपछि स्थानीयको सहयोगमा काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राईले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes