भिडभाड हुने र कोरोना सर्न सक्ने व्यवसायहरु सञ्चालन नगर्न अनुरोध - Pahilo Online

भिडभाड हुने र कोरोना सर्न सक्ने व्यवसायहरु सञ्चालन नगर्न अनुरोध

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा पनि बढेको कोरोना भाइरसको जोखिमबाट बच्न होटल सहितका बढी भिडभाड हुने र सहजै भाइरस सर्न सक्ने व्यवसायहरु सञ्चालन नगर्न अनुरोध गरिएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले संघीय सरकारले प्रतिवन्ध गरेको शैक्षिक संस्थाको पठन पाठन, होटल, लज, रेष्टुरेण्ट, व्यवसायिक महल, सैलुन, ब्यूटिपार्लर, धार्मिक क्षेत्र, जिमखाना, पार्क, सिनेमा हल सञ्चालन नगर्न थप अनुरोध गर्ने निर्णय भएको नगर प्रमुख एवम् समवन्य समिति संयोजक दिलीपकुमार राईले जानकारी दिए ।

बैठकले, त्यसबाहेकका पसलहरु अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै यस अघि विहान ७ देखि विहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिइएकोमा भोलीदेखि विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको उनले बताए । सब्जी तथा फलफूलहरु सडकमा खुला रुपमा नभई बजार क्षेत्रको उचित स्थानमा राखेर मात्र विक्री वितरण गर्नुपर्ने पनि निर्णय भएको छ ।

कम्तिमा १ मिटरको सामाजिक दुरी कायम गरेर अतिआवश्यक उपभोग्य वस्तुहरु खरिद गर्न ज्येष्ठ र बालबालिका बाहेकका परिवारका १ जना मात्र निस्कनुपर्ने उल्लेख छ । पसल सञ्चालकले हातमा ग्लोब लगाई ग्राहकका लागि अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, सवैले मास्क अनिवार्य लगाउनु पर्ने र कसैले कतै पनि भिडभाड गर्न नहुने कुरा सूचित गरिएको छ ।

नगरवासीलाई कोरोनाको संक्रमणबाट बच्न अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आव्हान गर्दै आफुपनि बच्न र अरुलाई पनि बचाउन सवै लाग्नु पर्ने उल्लेख गरिएको छ । विश्व महामारीको रुप लिएको कोरोनासँग बच्न हेलचेक्राइ नगर्न सवैमा अनुरोध गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes