पथरीशनिश्चरे नगरको नीति तथा कार्यक्रम तय गर्ने विषयमा प्रारम्भिक छलफल - Pahilo Online

पथरीशनिश्चरे नगरको नीति तथा कार्यक्रम तय गर्ने विषयमा प्रारम्भिक छलफल

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज (बुधबार) योजना तर्जुमा समितिको प्रारम्भिक छलफल भएको छ । नगर उपप्रमुख एवम् योजना तर्जुमा समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षता तथा नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा सम्पन्न बैठकले ६ वटा विषयगत समितिले तयार पारेको नीतिका बारेमा छलफल गरेको छ । नीतिका बारेमा छलफल सम्पन्न गरेको तथा कार्यक्रम र बजेट तय गर्ने सम्वन्धमा योजना तर्जुमाका लागि भोलीदेखि थप छलफल अघि बढाउने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए ।


असार १० गतेको निर्धारित समयअवधिमा नगरसभा गरी नीति, कार्यक्रम र बजेट पारित गर्ने गृहकार्यका लागि नगरमा विभिन्न विषयगत समिति र शाखाहरुले प्रस्तावित नीति तय गरेका छन् । जसमा, कपिलमणि ढकालको संयोजकत्वको सामाजिक विकास समिति अन्तर्गतको स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, साहित्य कला र सूचना तथा सञ्चारको प्रस्तावित नीतिमाथि छलफल गरिएको हो ।

बाबुराम एङ्देन संयोजक रहेको भौतिक पूर्वाधार समिति, डम्बरबहादुर चेम्जोङ संयोजक रहेको विधायन समिति, जयबहादुर तामाङ संयोजक रहेको सार्वजनिक सुशासन तथा क्षमता विकास समिति, भानुभक्त राई संयोजक रहेको वातावरण संरक्षण तथा विपद व्यवस्थापन समितिमार्फत विषयत नीति प्रस्तुत भएका थिए । यामप्रसाद गुरागाईं संयोजक रहेको आर्थिक विकास समितिले पशुपंक्षी, कृषि, पर्यटन सहितका विषयका नीति प्रस्तुत गरेको थियो । वडाहरुले पनि छलफल अघि बढाई योजना तर्जुमा गर्ने काम गरिरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes