सुनररीमा अबैध रुपमा ब्यापारी संग रकम असुल गर्ने १ जना पक्राउ - Pahilo Online

सुनररीमा अबैध रुपमा ब्यापारी संग रकम असुल गर्ने १ जना पक्राउ

writer

सुनसरी । सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका २ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका ५ का २३ बर्षीय असरार अहमद मियालाई पक्राउ गरेको हो । यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes