दमक । झापाको दमकमा मुटुको अस्पताल निर्माण सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमार्फत निर्माण सुरु भएको अस्पताल प्रधानमन्त्री ओलीले समेत प्राथमिकतामा राखेका छन् । उनले यस अस्पतालका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत एक करोड रुपैयाँ उपलव्ध गराएका छन् ।
रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीका अनुसार सो बजेटबाट मुटुरोगको उपचारमा आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको छ। सभापति बुढाथोकीले भने,‘ दमकमा अति आवश्यक ठहर गरिएको मुटु रोगको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन सो बजेटले सहयोग पुगेको छ।