वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न - Pahilo Online

वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न

writer

सन्तोष राई । पथरीशनिश्चरे । महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने तालिम आज (मंगलबार) सम्पन्न भएको छ। सयुक्त वडा कार्यलय स्तरीय महिला समिती पथरीशनिश्चरे वडा नं ४, ८ र ९ को आयोजनामा जेष्ठ ३२ गते बाट संञ्चालित तालिम आज एक औपचारीक कार्यक्रमको आयोजना गरी समापन गरीएको हो।

वडा नं ४ को वडा कार्यालयमा सञ्चालन भएको तीन दिने तालिममा प.श वडा नं ४, ८ र ९ नम्बर वडाका लक्ष्यित ३६ जना महिलाको सक्रीय सहभागीता रहेको थियो। प.श नगरपालिकाको ५० हजार आर्थिक सहयोग बाट तालिमका लागि आवश्क सामग्री र सम्पूर्ण व्यवस्थापन गरीएको उक्त महिला समिती अध्यक्ष चन्द्रकला चेमजोङले जानकारी दिइन् । तालिमको प्रशिक्षण रेनुका बरालले गरेकी थिइन् । तालिम छोटो अवधिको भए पनि उपलब्धिमुलक भएको सहभागी महिलाहरुले बताएका छन्। अब तालिम प्राप्त महिलाहरुले मिलेर ५०/६० हजार लगानी गरे मनग्ये आम्दानी गर्न सक्ने अध्यक्ष चेमजोङले बताइन् ।

कोरोनाको प्रभावको कारण सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्न नसकिएकोले जनजीवन सामान्य भएपछि मात्र प्रदान गरीने छ। महिला समिती अध्यक्ष चन्द्रकला चेमजोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का वडाअध्यक्ष गोविन्द बहादुर भण्डारी र अतिथिहरुमा वडा नं ८ का कार्यपालिका सदस्य गीता वि.क, वडा नं ४ का वडासदस्य तुलसा देवि दर्जी लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यसअघि पनि उक्त महिला समितीले सिलाई कटाई र अचार बनाउने तालिम सञ्चालन गरीसकेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes