नीतिसमितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल - Pahilo Online

नीतिसमितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा सोमबार ५ वटा विषयगत समितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा ६ वटा विषयगत समितिमध्ये ५ वटाको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । भौतिक पूर्वाधार समितिका संयोजक बाबुराम एङ्देन, विधायन समिति संयोजक डम्बरबहादुर चेम्जोङ, सार्वजनिक सुशासन तथा क्षमता विकास समिति संयोजक जयबहादुर तामाङ, वातावरण संरक्षण तथा विपद व्यवस्थापन समिति संयोजक भानुभक्त राई र आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईंले समितिले बनाएको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes