पोखरीमा डुबेका युवक मृत भेटिए - Pahilo Online

पोखरीमा डुबेका युवक मृत भेटिए

writer

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्थापन गुल्म चन्द्रगढी र शशस्त्र प्रहरी सहितको टोलीले आज बिहान ९ बजे राईलाई पोखरी भित्र मृत फेला पारेको हो । मृत अवस्थामा फेला पारे संगै कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाईएको छ भने अन्य थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes