मोरङ । पछिल्लो २४ घण्टायता नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार थप ४ सय ५१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज कोरोना संक्रमण हुनेहरूमा ३५ महिला र ४ सय १६ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय पुगेको छ । जसमध्ये एक हजार ४१ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टायता थप ६७ ले कोरोना जितेको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने १९ रहेको छ । पछिल्लो २४ घण्टायता कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।