प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक - Pahilo Online

प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक

writer

मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार बजेट प्रस्तुत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा सोमबार प्रस्तुत गरेको बजेटमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार र पूँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । वित्त व्यवस्थातर्फ ४ करोड, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार बजेट विनियोजन गरेको छ ।

आयतर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्वबाँडफाँडबाट १० अर्ब ३ करोड ४५ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख, नगद मौज्दात ६ अर्ब र अपुग ५ अर्ब बजेट नेपाल सरकारबाट ऋण लिने मन्त्री आङ्बोले अनुमान गरेको छ ।

बजेटमा कृषितर्फ ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग तथा अनुसन्धान केन्द्रमा रुपान्तरणका लागि ५० करोड, मेची अस्पतालमा उपकरण खरिदका लागि २३ अर्ब, प्रदेशस्थित २५ शय्याको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्न १ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

शिक्षातर्फ स्मार्ट विद्यालय निर्माणका लागि १६ करोड बजेट विनियोजन गरिएको हो । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी ३ करोड, मुख्यमन्त्री युवा उद्यम कार्यक्रममा २५ करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अर्ब ७४ करोड, सहरी विकासतर्फ १ अर्ब ३७ करोड ३९ लाख, सिचाइ तथा नदी नियन्त्रणतर्फ ४ अर्ब ९ करोड, ऊर्जातर्फ उज्यालो कार्यक्रमका लागि ४ करोड, खानेपानी तथा सरसफाइतर्फ २ अर्ब ५० करोड, पर्यटनतर्फ १ अर्ब १९ करोड १० लाख, उद्योग, वाणिज्यतर्फ २० करोड ५० लाख, वन तथा वातावरणतर्फ १ अर्ब ४५ करोड, महिला सशक्तीकरणका लागि ६ करोड ३० लाख, महिला हिंसा न्यूनीकरणका लागि ३ करोड ४२ लाख बजेट विनियोजन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes