पालिकाको सहयोगमा सिंहदेवि बिद्यालयमा प्रवेशद्वार निर्माण - Pahilo Online

पालिकाको सहयोगमा सिंहदेवि बिद्यालयमा प्रवेशद्वार निर्माण

writer

मिक्लाजुङ । मिक्लाजुङ ५ खोलिटारस्थित श्री सिंहदेवि आधारभूत बिद्यालयको परिसरमा आधुनिक तवरको फलामे प्रवेशद्वार(गेट) निर्माण भएको छ। चैत्र महिनादेखि गेट निर्माण सुरु गरि असार १ गते सम्पन्न भएको हो। पालिकाको आर्थिक बर्ष ७६/७७ को बजेटबाट छुट्टीएको दुई लाख पचास हजार र स्थानिय श्रोत बाट रु चौतिस हजार रकमबाट सो गेट निर्माण भएको हो। स्थानिय टेकबहादुर रुचालको अध्यक्षताको निर्माण समिती गठन भई सम्पुर्ण स्थानियबासी, सक्रिय युवाहरुको सक्रियतामा सो कार्य सफलतापुर्वक सम्पन्न भएको हो।

स्कुल नजिकै रहेको सामुदायिक बनले बिद्यालयको परिसर घेरावारा गरिदिएपनि प्रवेश खुल्ला भएका कारण गाईवस्तु छिरेर बिद्यालयको शैक्षिक वातावरणमा असर गर्ने गरेकाले सम्पुर्णको पहलमा गेटका लागि बजेट माग गरिएको बिद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष गगाबहादुर विश्वकर्माले बताए।उनले गेट निर्माण सम्पन्नपछि सबैलाई बधाई दिदै यसले शैक्षिक गुणस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने कुरामा पनि जोड दिए।

१५० बढी विद्यार्थीहरु अध्यनन गरिरहेको स्कुलका प्राध्यापक लालबहादुर श्रेष्ठले यस बिद्यालयमा मिक्लाजुङ ५ खोलिटार, गुप्ती, मिक्लाजुङ ४ सानोढाडे ठुलोढाडे, छत्रपुरलगायतका स्थानबाट विद्यार्थीहरु आउने गरेको कारणले गर्दा भौतिक संरचना पनि उत्कृष्ट हुनुपर्ने मान्यताका साथ सो प्रवेशद्वार निर्माण गरिएको र अन्य संरचनाहरुको बिस्तारपनि चाडैं गरिने जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes