भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु भएको छ । भोजपुरकै ट्याम्केमैयुम गाउँपालिका १ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतको १० बर्षीया छोरी रितिका राउत आईतबार दिउँसो ४ बजेको समयमा घर छेउकै खेतमा धान रोप्ने क्रममा अचानक चट्याङले लागी घाईते भएकोमा उपचारको लागी खार्ताम्छा उपस्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागि घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।