सुनसरीमा लागुऔषध सहित २ जना पक्राउ - Pahilo Online

सुनसरीमा लागुऔषध सहित २ जना पक्राउ

writer

सुनसरी । सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ र बर्जु गाउँपालिका ३ बाट १/१ जना गरी २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका ८ का शिव शंकर मेहेतालाई अबैध लागुऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो । यसैगरी बर्जु गाउँपालिकाबाट बिराटनगर महानगरपालिका १६ का सन्तोष मण्डललाई अबैध लागुऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes