इनरुवा बजारमा विद्युत् चुहिएर आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति - Pahilo Online

इनरुवा बजारमा विद्युत् चुहिएर आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति

writer

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा बजारमा आइतबार आगलागीबाट ठूलो क्षति भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आइतबार भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय सन्तोषी हाडर्वेयरको रङ पसल, कपिल टेलर्स र सिर्जना फाइनान्सका भवन पूरूपले जलेर नष्ट भएको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

आगलागीलाई सुरक्षा निकाय, स्थानीयवासी, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीबाट करिब १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको स्थानीय व्यापारी गुलाब शर्माले जानकारी दिए । उनले इनरुवा नगरपालिकाको वारुणयन्त्र बिग्रिदा धेरै क्षति भएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes