शनिबार धरान र प्रधानमन्त्री ओलीको गृहनगरमा सरकार विरुद्ध प्रर्दशन - Pahilo Online

शनिबार धरान र प्रधानमन्त्री ओलीको गृहनगरमा सरकार विरुद्ध प्रर्दशन

writer

धरान । सरकारको विरुद्धमा धरानमा आज पनि प्रदर्शन भएको छ । स्वतस्फूर्त रूपमा युवाहरू सहभागी भएर धरानको भानुचौकसम्म ¥याली निकाल्दै प्रदर्शन गरेका हुन् । धरानको छाताचौकस्थित पुरानो अस्पतालबाट सुरु भएको र्याली भानुचौकमा आई टुंगिएको थियो । युवाहरू विभिन्न प्ले कार्डहरू बोकेर र्यालीमा सहभागी बनेका थिए । भानुचौकमा आई पुगेर राष्ट्रिय गीत गाउँदै प्रदर्शन गरेका हुन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा आज सरकार विरुद्ध विरोध प्रर्दशन भएको छ । सरकारले कोरोना भाइरसको परीक्षणको बहानामा भ्रष्टचार गरेको भन्दै युवा,विद्यार्थीहरुले प्रर्दशन निकालेका हुन् ।

स्वतफूर्त निस्केका सयका हाराहारीका युवाहरुले विभिन्न प्लेकार्ड लिएर दमक चौकमा दुई घण्टा बढी प्रर्दशन गरेका थिए । उनीहरुले भौतिक दुरी कायम गरि सडकको मुख्य भागको दायावाँयामा उभिएर विरोध प्रर्दशन गरेका हुन् । प्लेकार्डमा नेपालको नयाँ नक्सा जारी भएको सरकारलाई धन्यवादसहित पिसिआर परीक्षणको दायरा वढाउन, कोरोनाको हिसाव सार्वजनिक हुनुपर्ने, कोरोना रोकथामको वहानामा भ्रष्टचार बढाउनुका साथै त्यसवाट आत्महत्याको घटना बढाएको भन्दै सरकारको विरोध गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes