सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा परी २ जना बालबालिकाको मृत्यु - Pahilo Online

सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा परी २ जना बालबालिकाको मृत्यु

writer

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट स्थानीय एक ७ बर्षिय बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासीले केही सडक बन्द गर्दै नाराबाजी गरेका थिए । बालकको शवलाई पोस्टमार्टमको लागि इनरुवा लगिएको छ भने ठक्कर दिने कार र चालक स्थानीय प्रहरीको नियन्त्रणमा छ ।

त्यसैगरी उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–७ बाघखोरमा स १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका–६ का ९ वर्षीया विविषा पाण्डेको मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब ५ बजे अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक बिदुर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको जिप्रकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes