नेपालमा कोरोना संक्रकणबाट १८ जनाको मृत्यु - Pahilo Online

नेपालमा कोरोना संक्रकणबाट १८ जनाको मृत्यु

writer

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुगेको छ । संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ संक्रमित थपिएको बताए ।

योसँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको उनले जानकारी दिए । त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । पर्साका बेवारिसे २५ वर्षीय मृतक पुरुष र बारा, निजगढका पाँच वर्षीय मृतक बालकमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको उनले बताए ।

पछिल्लो २४ घन्टामा ३६ जना कोरोनामुक्त भएर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९१३ पुगेको डा. गौतमले जानकारी दिए । देशभर हाल चार हजार ४०४ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ५० हजार ५४९ जना ‘क्वारेन्टिन’मा रहेका छन् । अहिलेसम्म एक लाख २७ हजार २८८ ओटा ‘पीसीआर’ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes