संविधान दोस्रो संशोधन निशान छाप सम्बन्धि विधेयक संसदबाट पारित - Pahilo Online

संविधान दोस्रो संशोधन निशान छाप सम्बन्धि विधेयक संसदबाट पारित

writer

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ संसदबाट शनिबार साँझ पारित भएको छ । नेपालको अद्यावधिक नक्सालाई निशान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयक शनिबार साँझ प्रतिनिधिसभाको अत्यधिक मतले पारित भएको हो । संविधान संशोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको दुईतिहाइ मत चाहिने भएपनि मतदानमा सहभागी २५८ सांसदहरु सबैले ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले बताए ।

उक्त विधेयक दुईतिहाइभन्दा बढी मतले पारित भएको हो । संसदमा २७५ सांसदहरु रहेपनि मतदानमा २५८ जनामात्र सहभागी भएका थिए । यसअघि, संशोधन प्रस्तावमा दफाबार छलफल गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले गरेको प्रस्ताव सर्वसम्मत् स्वीकृत भएपछि दफावार छलफल भएको थियो ।

छलफलपछि मन्त्री तुम्बाहाङफेले दफावार छलफलमा भाग लिएका सांसदहरुप्रति आभार प्रकट गरेकी थिइन् । उनले सप्रमाणसहित भारतसँग वार्तामा सहभागी हुने बताएकी छन् । यो विधेयक गत जेठ ९ गते दर्ता भएको थियो । जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित अतिक्रमण गरेको भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका थिए ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes