किसानलाई गाँउपालिकाको आर्थिक प्रोत्साहन पछि अण्डा र तरकारीमा आत्मनिर्भर - Pahilo Online

किसानलाई गाँउपालिकाको आर्थिक प्रोत्साहन पछि अण्डा र तरकारीमा आत्मनिर्भर

writer

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका तरकारी र अण्डामा आत्मनिर्भर बनेको छ। अधिकांश क्षेत्र सुख्खाग्रस्त भएपनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि आर्थिक सहयोमार्फत प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मनिर्भर बनेको हो। कृषकले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिंचाईको व्यवस्था मिलाएका छन्।

आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरी विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ। यसअघिका आर्थिक वर्षमा कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर कृषकलाई प्रोत्साहन गरेकोले गाउँपालिका अहिले तरकारीमा आत्मनिर्भर बनेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।

उपाध्यक्ष राईले भनिन्, ‘हामीले कृषिलाई प्राथमिकतामा राखेर विगतका वर्षहरुमा लगानी गरेकोले अहिले तरकारी तथा अण्डामा आत्मनिर्भर भएको छौं, यहाँ उत्पादन भएको तरकार छिमेकी स्थानीयमा समेत बिक्रीका लागि जाने गरेको छ, धेरै सुख्खाग्रस्त क्षेत्र भएकोले कृषिमा काम गर्न निकै चुनौती थियो, कृषकलाई प्लाष्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिंचाईको व्यवस्था मिलाएको छौं।’

गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खाग्रस्त क्षेत्रभित्र पर्ने ४ नम्बर वडा बास्तीम, ६ नम्बरको ठुलोदुम्मा र ५ नम्बरको सानोदुम्मामा कृषकले अकबरे खुसार्नी, टमार, बोडी, बन्दा, काउली लगायतको व्यवसायिक रुपमा खेती गरिरहेका छन्। त्यस्तै, गाउँपालिकामा व्यवसायिक कुखुरापालन, बाख्रापालन र मौरीपालनमा लाग्ने कृषकको संख्या पनि धेरै रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes